प्रहरी हिरासतमा मृत्यु भएका बिजय महरालाई यसरी दिईएको थियो चरम यातना (भिडियोसहित)

0
Shares

सञ्जय कार्की,रौतहट ।

अदालतमा म्याद थप गरेका कर्तव्य ज्यान मुद्दाका एक आरोपीको प्रहरी कुटाई बाट मृत्यु भएको खुल्न आएको छ । गत साउन ३१ गते गरुडा नगरपालिका–८ जिगडिया स्थित सच फलफुल नर्सरीमा कार्यरत १७ बर्षिय निरञ्जन रामको घाटी रेटी हत्या गरेको आरोपमा पक्राउ परेका बिजय महराको प्रहरीको कुटाई बाट मृत्यु भएको खुलेको छ ।

प्रहरी कुटाई बाट चिन्ताजनक अबस्थामा नेशनल मेडिकल कलेज शिक्षण अस्पताल बीरगजमा उपचारार्थ भर्ना भएका महराले आफुलाई प्रहरीले महिला तथा बालबालिका सेबा केन्द्र गरुडाको कक्षमा सादा पोशाकका प्रहरीले निर्मम तबरले कुटेको बताएका छन ।

उनको मृत्यु पछि उनकै आबाजको श्रब्य दुष्य बाहिरिएको छ । उनले भनेका छन मृतक नीरन्जन राम आफनो मामाको छोरा रहेको र उनको हत्या भएपछि प्रहरीले आफुलाई स्वीकार गर्न बासको लौरो, पाईप, बुट लगायत करेन्ट समेत प्रयोग गरेर यातना दिएको साबिति बयान दिएको पाइएको छ ।

प्रहरी हिरासतमा मृत्यु भएका महराको श्रब्य दृश्य बाहिरीनु पुर्ब सम्म प्रहरीले उनको दुबै मृगौलाले काम गर्न छाडेपछि मृत्यु भएको दाबी गरेको थियो तर उनको बोलीनै भिडियो मार्फत सार्बजनिक भएपछि प्रहरी यतिखेर आफुलाई जोगाउने प्रयासमा रहेको छ । प्र्रहरी हिरासतमा कुटपिट बाट मृत्यु भएको बिषय लाई दलित अधिकारकर्मीले हत्या भएको दाबी गरेका छन ।

ईलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका महरा लाई जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरिक्षक नबिन सिह, प्रहरी हबल्दार मुन्ना सिह र प्रहरी हबल्दार फिरोज आलमले महिला तथा बालबालिका सेबा केन्द्र गरुडामा पुरयाएर निर्मम यातना दिएको रहश्य बाहिरिएको छ ।

मृतक महराले आफु लाई सादा पोशाकका प्रहरीले कुटदा टुप्पी भएको र आखामा कोठि जस्तो दाग भएकाले कुटेको बताएका छन । ती तीनै जना लाई जिल्लाको अपराध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक रबी राज खडकाले परिचालन गर्दै आएका थिए । महराको मृत्यु पछि गरुडामा दैनिक आन्दोलन हुदै आएको छ ।

दलित अधिकारकर्मीहरुले यसअघिदेखिनै प्रहरीले निर्दोष लाई फसाउन खोजेको भन्दै आन्दोलन गर्दै आएका थिए । यसैबीच निरन्जन हत्याकान्ड पछि पक्राउ परेका विजय रामको प्रहरी हिरासतमा मृत्यु भएपछि पूर्व सांसद विश्वेन्द्र पासवान भने इलाका प्रहरी कार्यालय गरुडा अगाडि धर्नामा बस्नु भएको छ ।

दुई दलितको हत्यामा रौतहटका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुख समेत लाई कारबाहीको माग राख्दै उहा इलाका प्रहरी कार्यालय गरुडा अगाडि धर्नामा बस्नु भएको छ । एक दलितको घाटी रेटी हत्या हुदा दोषी लाई उम्काउन खोजेको र अर्को निर्दोष दलित लाई पक्राउ गरेर प्रहरीले कुटी कुटी मारेको आरोप सबै दलित समुदायको रहेको छ ।

ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक ज्ञानकुमार महतो लाई प्रदेश प्रहरी कार्यालयले तानिसकेको छ तर पनि दलित समुदायको नेतृत्वमा भएको आन्दोलन रोकिन सकेको छैन । जिल्ला प्रशासन कार्यालय रौतहटले बिश्वब्यापीरुपमा फैलिएको कोरोना भाईरस नियन्त्रण गर्न निषेधाज्ञा जारी गरेपनि त्यसको अबज्ञा गर्दै गरुडामा दैनिक प्रर्दशन र आन्दोलन हुदै आएको छ ।