पाल्पामा थप दुई जनामा कोरोना संक्रमण


न्युज अफ नेपाल,पाल्पा ।

जिल्लामा समुदायस्तरका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई वटा मेडिकल कलेजमा उपचारका लागि गएका दुईजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु दुवैजना रम्भा गाउपालिकाका रहेका छन । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार लुम्बिनी मेडिकल कलेज प्रभास र चितवन मेडिकल कलेजमा उपचारका लागि गएका ती ब्यक्तिमा सङक्रमण देखिएको छ ।

यी दुवै क्वारेन्टाइन बाहिरका रहको वताइएको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार रम्भा गाउँपालिकाका –३ पिपलडाडाँका ६४ वर्षका पुरुष मृगौलाको उपचारका लागि चितवन पुगेका थिए । उनको चितवन अस्पतालले स्वाब संकलन गरी पाठाएकोमा आइतबार रिपोर्ट पोजेटिभ आएको हो ।

उनलाई अहिले चितवनबाट ल्याई लुम्बिनी मेडिकल कलेज प्रभासको आइशोल ेसन अवार्डमा राखिएको छ भने अर्का वडा नम्वर ४ हुमिनका ७५ वर्षका पुरुष रहेका छन् । मुटु र दमको समस्या भएपछि लुम्बिनी मेडिकल कलेज गएका उनमा सामान्य लक्षण देखिएपछि स्वाब संकलन गरिएकोमा उनका पनि आईतबार रिपोर्ट पोजेटिभ आएको हो ।

योसंगै जिल्लामा समुदायस्तरका पाँच जनामा संक्रमण देखिएको छ । यस अघि तानसेन नगरपालिकाका दुई जना र तिनाउ गाउँपालिकाका एक जना महिलामा संक्रमण पुष्टि भएको थियो । समुदास्तरका ५ जना सहित जिल्लामा संक्रमितको सख्या ५ सय ८१ पुगेको छ, भने ५ सय ६१ जना निको भएर घर फर्किएका छन् । संक्रमित मध्ये पूर्व खोला गाउँपालिकाका एक जना पुरुष र तानसेन नगरपालिकाका एक जना महिलाको भने मृत्यु भइ सकेको छ ।