नेपालमै कोरोना निको पार्ने औषधि बनेको दाबी

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

नेपालमै कोरोनाको औषधी तयार पारेको एक आयुर्वेद आचार्यले दावी गरेका छन् । बिगत लामो समयदेखि जडीबुटीको क्षेत्रमा अनुसन्धान गर्दै आएका रुपन्देहीको भैरहवाका डा. बद्री गौतमले कोरोना भाइरसका लक्षणलाई निको पार्ने ‘अर्कबटी’ नामक आयूर्वेद औषधी तयार पारेको दाबी गरेका हुन् ।

उनले उक्त औषधि परीक्षण स्वरुप १५० जना संक्रमितमा प्रयोग गरिएकामध्ये १३५ जना संक्रमणमुक्त भईसकेको जनाएका छन् । नेपालमा पाईने ५ प्रकारका जडिबुटी प्रयोग गरी उक्त औषधि तयार पारिएको उनको भनाई छ ।

उनले आफ्नै १५ लाख रुपैयाँ लगानीमा औषधि तयार पारेका बताएका छन् । डा. बद्री गौतमले औषधी विभागमा आयूर्वेद औषधीको रुपमा दर्ता भएपछि बैधानिक रुपमा बजारमा ल्याउने पनि बताएक छन् ।