शनिबार पाल्पामा ६ जना संक्रमित थपिए,दायरा बढाउन समुदायमा परीक्षण


न्युज अफ नेपाल,पाल्पा ।

पाल्पा जिल्लामा शनिवार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षेत्रीय प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा तिनाउँ गाउँपालिकामा ६ जना संक्रमित थपिएका हुन् । यो सँगै जिल्लाामा कारोना संक्रमित हुनेको सख्या ५ सय ७९ पुगेको छ । जसमा तीन जना समुदाय स्तरमा छन भने निको भएर घर जानेको संख्या ५ सय ६१ जना छन् ।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार तिनाउ गाउपालिकाका र तानसेनमा समुदाय स्तरको महिलामा कोरोना देखिएको छ । यस्तै जिल्लामा दुइ जनाको मृत्यु भएको छ । यसैविच माथागढी गाउँपालिकाले समुदायमा रहेर अग्र भागमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि,राजनितिक दलका प्रतिनिधि, बैंकका कर्मचारीहरु, व्यापारी, होटेल व्यवसायी, वैदेशिक रोजगारीबाट भर्खरै घरमा आई होमक्वारेन्टाइनमा बसेका र शिक्षकहरुको स्वाब संकलन गरेको छ । गाउ पालिकाले एक सय ४१ जनाको स्वाब संकलन गरेको जनाएको छ ।

जिल्लामा संक्रमण समुदायस्तरमै पुगिसकेकाले परीक्षणको दायरालाई फराकिलो बनाउका लागि परीक्षणलाई तिव्रता दिइएको गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार थापा मगरले बताउनु भयो । अध्यक्ष थापाका अनुसार परीक्षणले सम्पूर्ण समुदायको प्रतिनिधित्व गर्ने भएकाले नमूना परीक्षण कार्यक्रम अघि सारेको हो । स्वास्थ्य शाखा प्रमुख केशव जिसीले दुईदिनसम्म लगाएर समुदायस्तरका व्यक्तिहरुको पिसिआर परीक्षण गरिएको र संकलित स्वाव भदौ ११ गते भैरहवा प्रयोगशालामा पठाइएको जानकारी दिनुभयो ।