नेवा: देय् दबू महालक्ष्मी नगर कचा:द्वारा बृहत् रक्तदान कार्यक्रम सम्पन्न


न्युज अफ नेपाल,काठमाडौं ।

कोरोना महामारीका कारण रक्त ब्यवस्थापनमा समस्या सिर्जना भएका बेला नेपाल स्वयंसेवी रक्तदाता समाजको आव्हानमा नेवा: देय् दबू महालक्ष्मी नगर कचा:द्वारा ‘रक्तदान उपमा नभएको महादान’ नाराका बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार स:ती त्वा:, महालक्ष्मी नगरपालिकामा १६३ औं बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यद्वारा १६३ औं पटकको रक्तदान गरि शुभारम्भ भएको उक्त बिशेष रक्तदान कार्यक्रममा केन्द्रीय रक्त सञ्चार सेवाकी निर्देशक डा. मनिता राजकर्णिकार अतिथि र वडा नम्बर ६ महालक्ष्मी नगरपालिकाका वडाध्क्ष बासुदेव महर्जन प्रमुख अतिथि हुनुहुन्थ्यो ।

अतिथि डा. मनिता राजकर्णिकर र प्रमुख अतिथि वडा नम्बर ६ महालक्ष्मी नगरपालिकाका वडाध्क्ष बासुदेव महर्जनले संयुक्त रूपमा स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यलाई रक्त संकलन थौली प्रदान गर्नु भएको थियो भने कार्यक्रमका सभापति एवं नेवा: देय् दबू महालक्ष्मी नगर कचा:का अध्यक्ष बिजयकुमार महर्जनले सम्मान-पत्र प्रदान गरि सार्वजनिक सम्मान गर्नुभएको थियो । सो बिशेष रक्तदान कार्यक्रमको संयोजन दशबहादुर महर्जनले गर्नुभएको थियो ।

सो रक्तदान कार्यक्रमका संयोजक दशबहादुर महर्जनले थसि,महालक्ष्मी नगरपालिका भित्र रक्त व्यबस्थापनको क्षेत्रमा बिशेष योगदान पुर्याउनु भएकोले १६३औं पटक सर्वाधिक रक्तदान गर्नुहुने स्वयंसेवी शतक रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले धन्यवाद-पत्र प्रदान गर्नुभई सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा महिला पुरूष गरि जम्मा १०७ जनाले स्वयंसेवी तवरले रक्तदान गर्नुभएको थियो । सहभागी स्वयंसेवी रक्तदाताहरूलाई फ्रेम सहितको प्रमाण(पत्र,सर्वाधिक रक्तदान गर्नु हुने स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको तस्बिर अंकित टि-शर्ट,पञ्जा,सेनिटाईजर,साबुन र मास्क समेत बितरण गरिएको थियो ।