कोटेश्वरमा कार्यरत १९ जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण

0
Shares

न्युज अफ नेपाल,काठमाडौ ।

कोटेश्वरस्थित ट्राफिक प्रहरी प्रभावमा कार्यरत १९ जनामा कोरोना संक्रमण देखिएको छ ।बिहीबार ३३ जनाको स्वाब संकलन गरिएकामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसअघि दुई जनालाई ज्वरो आएपछि कोरोना परीक्षण गर्दा दुवै जनामा संक्रमण पुष्टि भएको थियो ।

यससँगै प्रभागमा संक्रमित ट्राफिक प्रहरीको संख्या १९ पुगेको छ । हालसम्म उपत्यकामा मात्र ११० जना ट्राफिक प्रहरीमा संक्रमण पुष्टि भएको छ ।