लकडाउनले आमा बन्दै अनुश्का

0
Shares

बलिउड अभिनेत्रीहरूले लकडाउनको समयलाई आमा बन्ने सही र फुर्सदिलो समय मानेका छन्। केही दिनअघि मात्र बलिउड अभिनेत्री करिना कपुर आमा बन्न लागेको खबर बाहिरिएको थियो भने अब आमा बन्ने लिस्टमा अर्की नायिकाको नाम पनि थपिएको छ। बलिउडकी अर्की अभिनेत्री अनुश्का शर्मा पनि अब छिट्टै आमा बन्नेवाला छिन्।
सन् २०१७ मा भारतीय क्रिकेटर विराट कोहलीका साथ विवाह गरेकी अनुश्काले पनि लकडाउनलाई आमा बन्ने उपयुक्त समय मानेकी छिन्। हालै अनुश्काले इन्स्टाग्राम अकाउन्टमा आफ्नो र पति विराटको फोटो शेयर गर्दै आफूहरू छिट्टै नै दुईबाट तीन हुन लागेको र सन् २०२१ को जनवरीमा आफू आमा बन्ने जानकारी दिएकी हुन्। तस्वीरमा विराट र अनुश्का निकै खुसी देखिएका छन् भने अनुश्काको बेबी बम्प पनि देखिएको छ। अनुश्का र विराट आमाबाबु बन्न लागेको खबर बाहिरिएसँगै सामाजिक सञ्जालमा उनीहरूलाई फ्यान तथा सेलिब्रेटीहरूले बधाई तथा शुभकामना दिइरहेका छन्।