डोला चक्रपथ सडक आवश्यक योजना भएको आलिताल गाँउपालिकाको जिकिर,रुख काट्ने नियतबाट योजना कार्यान्वयन नभएको स्पटोक्ती


राम धामी,डडेल्धुरा ।

डडेल्धुराको आलिताल गाँउपालिका– ८ मा निर्मित डोला चक्रपथ सडक स्थानीय बासिन्दाहरुको आवश्कतामा आधारित योजना भएको आलिताल गाँउपालिकाले जनाएको छ । बिहीबार एक प्रेस विज्ञप्ती जारीगर्दै सो गाँउपालिकाले रुख काटने नियतबाट योजना कार्यान्वयन नभएको सपष्ट पारेको छ ।

सो चक्रपथ सडक निर्माणका क्रममा हरिया सालका रुखहरु काटिएको सन्दर्भमा गत असार अन्तिम साता गाँउपालिकाले गरेको सडक अनुगमनका क्रममा रुख काटिएको नपाइएको विज्ञप्तीमा उललेख गरिएको छ । सो सडक खण्डमा अन्धाधुन्ध रुपमा सालका रुख काटिएपछि सुदूरपश्चिम प्रदेश सभा अन्तर्गत अर्थ, विकास र प्राकृतिक श्रोत समिति सम्वद्ध पाँच सदस्यीय संसदीय टोलीले स्थलगत अध्ययन गरेको थियो ।

स्थलगत अध्ययनका क्रममा डोला चक्रपथ सडक रुख काटेर तस्करी गर्ने नियतबाट निर्माण गरिएको संसदीय समितिले ठहर गरेको छ । संसदीय समितिले सडकनै आवश्यक नभएको ठाँउमा रुख काटनका लागि सडक योजना कार्यान्वयन गरिएको भनेर सार्वजनिक गरिएका अभिब्यक्ति प्रति गाँउपालिकाले दुःख ब्यक्त गरेको छ ।

आलिताल गाँउपालिका गाँउ कार्यपालिकाका अधिकांस सदस्यहरुको समेत हस्ताक्षरमा गाँउपालिकाले विज्ञप्तीमार्फत सो सडक योजना स्थानीयको जनश्रमदानमा २०७१ सालदेखि निर्माण शुरु गरिएको र आर्थिक बर्ष २०७३/०७४ मा डिभिजन सडक कार्यालय डोटीबाट ट्रयाक खोल्ने काम भएको दाबी गरिएको छ ।

बिहीबारनै नेपाली काँग्रेस आलिताल गाँउ कार्यसमितिले एक विज्ञप्ती प्रकाशितगर्दै एकपक्षीय रुपमा आएको संसदीय समितिले वास्तविकता अध्ययन नगरि चक्रपथ सडक आवश्यक नभएको भन्नु गलत भएको जनाएको छ । नेपाली काँग्रेस आलिताल गाँउ समितिका सभापति चन्द्रदेव बोहराद्वारा हस्ताक्षरित विज्ञप्तीमा संसदीय टोलीलाई आफ्ना सार्वजनिक अभिब्यक्तिहरु सच्याएर प्रतिवेदन पेश गर्न आग्रह गरिएको छ ।

आलिताल गाँउपालिका अन्र्तगतको गोदाम बजार देखी डोला गाँउ जोड्ने सडकको निर्माणका क्रममा रजनी सामुदायिक वन र राष्ट्रिय वनक्षेत्रमा रहेका रुखहरु अवैध रुपमा काटिएका हुन । सडक क्षेत्रमा रहेका रुखहरु वन कार्यालयको अनुमती विना कटानी गरि गोलिया बनाएर लुकाई राखेको अवस्थामा वनकर्मीहरुको टोलीले बरामद गरेको हो । हालसम्म झण्डै एक हजार एक सय भन्दा बढि क्युविक फिट सालको काठ बरामद भईसकेको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ ।