बझाङमा कोरोना भाईरस संक्रमितको संख्या २९३ पुग्यो


ललित सिंह,बझाङ ।

कोरोना भाईरस कोभिड स् ज्ञढ संक्रमितको संख्या बझाङमा २९३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बझाङले जनाएको छ । कुल कोरोना संक्रमितको संख्या मध्ये २७३ जना निको भई घर फर्केको र बाकी अहिले १७ जना सम्बन्धित स्थानिय तहको आईसोलुसन कक्ष र १ जना जिल्ला अस्पतालमा रहेको जिल्ला अस्पताल बझाङका प्रमुख डाक्टर सन्दिप ओखेडाले जानकारी दिएका छन्।

जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा नं. ७ का एक युवकलाई कोरोना पुष्टि भए पछि झुन्डिएर आत्महत्या गरेका थिए भने बङ्गल नगरपालिकामा मरेको मान्छे को स्वाप संकलन गरि परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो। अहिले सम्म मृत्युु हुनेको संख्या २ रहेको जिल्ला अस्पताल बझाङका प्रमुख डाक्टर सन्दिप ओखेडाले बताए ।

उनले भने अहिले सम्म जिल्ला भरि करिव ३ हजार जनाको स्वाप संकलन गरेको र करिव ९ सय भन्दा बढि जना बिभिन्न स्थानीय तहका क्वारेन्टाइनमा रहेका छन् । जिल्लामा अहिले सम्म भारतबाट ११ हजार ५०० भित्रीएका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।