गण्डकी एरियाको संयुक्त पदस्थापन सम्पन्न


टंकराज अधिकारी,पोखरा ।

लायन्स क्लब अन्तरराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ नेपालको गण्डकी एरियाका लायन्सहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।बुधवार गण्डकी क्षेत्र अन्तर्गत रहेका १८० क्लबका अध्यक्ष पदाधिकारी एवं सदस्यहरूलाई अनलाइन जुम प्रविधि मार्फ़त संयुक्त पदस्थापित गराईएको डिष्ट्रिक्टका को-चिफ एडभाईजर विनोद ढुङगानाले जानकारी दिनुभयो।

उहाँका अनुसार पदस्थापन अधिकृत एवं डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्टिक्ट गर्भनर मनबहादुर रोकाले क्लबका अध्यक्ष, पदाधिकारी र सदस्यहरुलाई पदस्थापित गराउनु भएको थियो। सो कार्यक्रममा लायनबर्ष २०१९/०२० का अध्यक्ष लगाएत पदाधिकारीहरूलाई धन्यवाद सहित बधाई ज्ञापन गरिएको थियो भने लायन बर्ष २०२०/२१ का अध्यक्षहरूलाई सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको थियो ।

पदस्थापन समारोहलाई ब्यवस्थित रुपमा सम्पन्न गर्नका लागि गण्डकी क्षेत्रका क्लस्टर प्रमुख संयोजक, रिजनरजोन चेयरपर्सनहरू सह-संयोजक रही क्लबका अध्यक्ष सदस्य र सो क्षेत्रबाट डिष्ट्रिक्टमा प्रतिनित्व गर्ने अग्रज लायन्स लिडरहरुलाई सल्लाहाकारमा राखीएको थियो।

संयुक्त पदस्थापन समारोहलाई सम्बोधन गर्दै समारोहका प्रमुख अतिथि लायन्स अन्तरराष्ट्रियका एलसिआईएफ एरिया लिडर बालकृष्ण बुर्लाकोटीले नेपालका लायन्स विशेष गरी डिष्ट्रिक्ट ३२५ बी१ का लायन्सले समाजमा गरेका सेवाका कार्यले लायन्स अन्तरराष्ट्रियमा पटक पटक डिष्ट्रिक्ट गभर्नर सम्मानित भएको बताउदै लायन्सले समाजमा शिक्षा, स्वास्य, वातावरण, सामाजिक एवं मानविय सेवाका कार्यका साथै नेतृत्व बिकासमा उत्कृष्ठ काम गरि समाज रुपान्तरण गरेको बताउनु भयो ।

पदस्थापन अधिकृत एवं डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्टिक्ट गर्भनर मनबहादुर रोकाले यस बर्षको नारा “नर्चर द फ्यूचर “ जो बालबालिकाको हितमा एक उत्कृष्ट कार्यक्रम रहेको जानकारी गराउदै यसले बालबालिका तथा कलेज पढ़दै गरेका किशोर किशोरीले अधिकतम फाईदा लिन सक्ने बताउनुभयो ।

उहाँले भन्नु भयो-बालबालिका देशका भविष्य निर्माण कर्ता हुन, जसरी वृक्षबाट फल लिन जरामा मलजल दिनुपर्छ, त्यसरी नै बालबालिकामा लगानी गरेर मात्रै देशको भोलीको भविष्य उज्यालो पार्न सकिन्छ ।यससगै “मेरो क्लब बलियो क्लब” भन्ने नारालाई सार्थक बनाई आफु दह्रो भएमात्र अरुलाई सहयोग गर्न सकिने भनाई रोकाले राख्नु भएको थियो ।

उहाँले कोभिड(१९ को महामारी, बाढ़ी पैह्रोले जनधनको क्षति भईरहदा लायन्सले फ़िल्डमा खटिई गरेका सेवा कार्यबाट सन्तुष्ट मिलेको बताउदै कोभिड महामारी रहदै गर्दा आगामी दिनमा पनि बिगतका दिनमा जस्तै सहयोगमा जुटन आग्रह गर्नुभयो । सरकार र लायन्स बिचको सहकार्य बिगतका बर्षदेख़ि आजसम्म निरन्तर रूपमा अघि बढ़ेको जानकारी दिदै कोभिड(१९ ले मुलुक अस्तव्यस्त बनाएको समयमा विभिन्न मितिमा लायन्सले नेपाल सरकारलाई १ करोड़ ६ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको समेत उहाँले बताउनु भयो ।

सम्पुर्ण लायन्सहरुको अदम्य साहस रसहयोगबाट नयाँ उर्जाका साथ यस डिष्ट्रिक्टलाई सफल डिष्ट्रिक्टको रुपमा लायन्स अन्र्तराष्ट्रियमा स्थापित गराउन आफु दृढ रहेको, हिजोका दिनमा जस्तै सबैको साथ र सहयोग पाउनेमा आफु बिश्वस्त रहेको पनि बताउनु भयो ।

निवर्तमान डिष्ट्रिक्ट गभर्नर इन्दु लम्सालले लायन बर्ष २०१९–२० अत्यन्त रङ्गीन, उत्साहजनक, सक्रिय, सफलतम र राष्ट्रको शान बढाउने ढंगका कार्य सम्पादन भएको बताउदै एकल प्रयासबाट सम्भव नभई यसको सम्पूर्ण जस सबै लायन्स नै जाने बताउनु भयो ।
कार्यक्रममा प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर विश्वेश्वर आचार्य र द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नर महेन्द्र पौडेलले गभर्नरले ल्याउनु भएका कार्यक्रमलाई उच्चतम सफलताका साथ कार्यान्वयन लाग्ने बताउनु भयो ।

यन्स क्लब अफ पोखरा लेकसिटीका लायनबर्ष २०१९/२० अध्यक्ष नारायण कोईराला र लायनबर्ष २०२०/२१ अध्यक्ष विश्वमोहन अधिकारीको अध्यक्षतामा दुई सेसनमा सम्पन्न कार्यक्रममा सम्पूर्ण एडभाईजरी कमिटीको तर्फबाट चिफ पिआरओ रामबहादुर बसेल, क्लस्टर प्रमुखहरू डम्मरकुमारी गुरुङ, कुलचन्द्र शर्मा, लक्ष्मी बराल, रिजन चेयरपर्सन पुरुषोत्तम पराजुली, जोन चेयरपर्सन सुरेन्द्र पौडेल लगाएतले आ आफ्नो भनाई राखेका थिए ।

सो कार्यक्रममा लायनबर्ष २०१९/२० का १६० क्लबको प्रतिनिधित्व गरी लायन्स क्लब अफ पोखरा गण्डकीका अध्यक्ष हिरा भट्टराईले क्लबहरूले सम्पादन गरेका कार्यहरूको संक्षिप्त भनाई त्यसै गरी लायनबर्ष २०२०/२१ का १८० क्लबको प्रतिनिधित्व गरी लायन्स क्लब अफ पोखरा सेण्ट्रल टाउनका अध्यक्ष प्रमेश पराजुलीले हालसम्म सम्पन्न कार्यक्रमको जानकारी सहित भावी कार्यक्रमहरू प्रस्तुत गर्नुभएको थियो ।