लमजुङमा एकै दिन २३ जना कोरोना संक्रमित थपिए


शिक्षा पन्त, लमजुङ  ।
लमजुङमा बुधबार एकैदिन २३ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको सूचना अनुसार लमजुङमा कार्यरत २० जना नेपाली सेना, ग्लोबल आइएमई बैंकको कर्मचारी १ जना र २ जना बेसीशहर नगरपालिका वडा नं. ७ र ८ का स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधबार थपिएका संक्रमित मध्ये २० जनालाई सुन्दरबजारमा रहेको नमुना सामुदायिक अस्पतालको आइसोलेसनमा र ३ जनालाई बेसीशहर स्थीत सहजी आइसोलेसनमा ल्याउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले बताउनुभयो ।

बुधबार २३ जना संक्रमित थपिएसंगै लमजुङमा कोरोना संक्रमितको संख्या १३९ जना पुगेको छ । संक्रमित मध्ये १३० जना पुरुष र ९ महिला रहेका छन् । १११ जना भने कोरोनालाई जितेर उपचारपछि घर फर्किएका छन् ।