काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थप


काठमाडौं  ।

काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार भएको बैठकपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेलले जारी निषेधाज्ञा १७ भदौ राति १२ बजेसम्म लम्व्याउने निर्णय भएको बताए । गत ३ भदौ देखि जारी निषेधाज्ञा आज राती १२ बजेबाट सकिदै थियो ।

यसअघि उपत्यकास्थित नगरका प्रमुखहरू, जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा अधिकारी सम्मिलित बैठकले यसअघि नै काठमाडौँ, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको थियो। त्यही अनुसार गएराति अबेरसम्म बसेको बैठकले उपत्यकामा निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरेको हो ।