विमान उडानका लागि यस्ता शर्त पालना गर्नुपर्ने (तालिकासहित)


काठमाडौं । भदौ १६ गतेदेखि सशर्त नियमित अन्तराष्ट्रिय उडानका लागि सरकारले एक महिना(सेप्टेम्वर)को उडान तालिका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि चैत देखि बन्द रहेकाे नियमित उडानकाे पहिलो चरणमा पीसीआर परीक्षण सम्भव हुने मुलुकमा एक महिना (सेप्टेम्बर )को उडान तालिका जारी गरेको हो ।

तालिका अनुसार सेप्टेम्बरभरि १० वटा विदेशी र दुईटा नेपाली गरी १२ वटा वायुसेवाले ६० वटा उडान भर्ने छन् । मन्त्रालयका अनुसार, सेप्टेम्बर १ (भदौ १६) देखि सेप्टेम्बर ३० (असोज १४) सम्मको एक महिनामा ६० वटा नियमित उडान हुने भएका छन् भने २७ वटा चार्टर उडान हुने छन् ।

मन्त्रालयले नियमित उडानतर्फ मलेसियाको मालिन्दो एयर तथा मलेसियन एयरलायन्स, टर्किको टर्किस एयरलायन्स, हङकङको क्याथे ड्रयागन, कोरियाको कोरियन एयर, चीनको चाइना साउर्दन, एयर चाइना, साउदी अरबको एयर अरेबिया, कतारको कतार एयरवेज र दुबईको फ्लाई दुबई गरि १० वटा वायुसेवालाई उनीहरुका गन्तव्यबाट नियमित उडान भर्न अनुमति दिएको छ ।

त्यस्तै, स्वदेशी वायुसेवातर्फ नेपाल वायुसेवा निगमलाई जापानको नारिता, युएइको दुबई, मलेसिया र हङकङ उडानको अनुमति दिएको छ । त्यस्तै अर्को नेपाली एयरलाइन्स हिमालय एयरलायन्सलाई चीनको छोङकुइन, मलेसिया र आबुधाबीका लागि उडानको अनुमति दिएको छ ।

त्यसैगरी मन्त्रालयले कोभिड–१९ को जाँच सहज नभएका मुलुकका लागि भने चार्टर्ड उडान हुनेछ । चार्टर उडान माल्दिभ्स, कतार, कुवेत र साउदीका लागि हुनेछन् । यी गन्तव्यबाट नेपाल वायुसेवा निगम, हिमालय एयरलायन्स, कतार एयरवेज, जजिरा एयर, र सलाम एयरले चार्टर उडान गर्नेछन् ।

विमान उडानका लागि भने निम्न शर्त पालना गर्नुपर्नेछ

website schedule