भक्तपुरका कोरोना संक्रमितको धुलिखेल अस्पतालमा मृत्यु

0
Shares

मोतीराम तिमल्सिना,काभ्रे ।

भक्तपुर सुर्यविनायक ८ घर भई धुलिखेल अस्पतालमा कोरोनाको उपचार गराईरहेका एक ब्यक्तिको निधन भएको छ । मंगलबार राति ११.५५ बजे उपचारको क्रममा निधन भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनु भयो ।

मुुटु र थाईराईड रोगबाट समेत पीडित ५५ बर्षिय कोरोना संक्रमितको अन्त्येष्टी नेपाली सेनाले पशुपतिमा रहेको विद्युत्तिय शवदाह गृहमा गर्ने तयारी गरेको छ ।

तीन दिन अघि अस्पतालमा भर्ना भएका ब्यक्तिलाई परिक्षणको क्रममा कोरोना समेत देखिएको थियो । कोरोनासँगै मुटु र थाईराईडको उपचार गराईरहेको अवस्थामा मंगलबार राति उहाँको निधन भएको अस्पतालले जानकारी दिएको छ ।

यस अघि धुलिखेल अस्पतालमा उपचारको क्रममा ९८ बर्षिय जेष्ठ नागरिकको निधन भएको थियो भने धुलिखेल अस्पतालमा सिन्धुपाल्चोक जिल्ला घर भई कोरोना संक्रमण पुष्टी भएर उपचार नहुँदै सुत्केरी महिलाको निधन भएको थियो । कोरोनाबाट निधन हुनेमा जिल्ला भित्रका २ र जिल्ला बाहिरका २ नागरिकको निधन भईसकेको छ । जिल्लामा संक्रमितको संख्या १ सय ६३ पुगेको छ