पूर्वमन्त्रीको स्थानीय तहलाई स्वास्थ्य सामग्री


बुटवल, (नेस)

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा पूर्ववनमन्त्री वकिल मुसलमानले लुम्बिनी सांस्कृतिक नगरपालिका र गैडहवा गाउँपालिकामा स्वास्थ्य सुरक्षा सामग्री प्रदान गर्नुभएको छ ।

बिश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई कम गर्न अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनीधिहरूका लागि उक्त सामग्री वितरण गरिएको जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्लामले जानकारी दिनुभएको छ ।

सुरक्षा सामग्री स्थानीय तहका प्रमुखहरूलाई हस्तान्तरण गर्दै जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मुसलमानले कोभिड–१९ को संक्रमण समुदायमा समेत फैलिन थालेकाले कोभिड–१९ को संक्रमणलाई रोकथाम गर्न अग्रभागमा रही काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूलाई संक्रमणवाट बचाउन आफूले आफ्नै खर्चमा सुरक्षा सामग्री प्रदान गरेको बताउनुभयो ।

विषम परिस्थितिमा आम नागरिकको स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूलाई सम्मान गर्दै पूर्वमन्त्री मुसलमानले जो आम नागरिकका सेवामा हरपल खटिएका हुन्छन्, उनीहरूको जीवन रक्षा गर्नु हरेक नागरिकको दायित्व भएको र आफूले थोरै भए पनि सुरक्षा सामग्री उपलब्ध गराएको उल्लेख गर्नुभएको छ ।

पूर्वमन्त्री मुसलमानले लुम्बिनी सांस्कृतिक नगरपालिकाका स्वास्थ्य शाखाका प्रतिनिधि राजेन्द्रप्रसाद कुर्मी र गैडहवा गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटलाई पीपीई ११ थान, थर्मल गन ३ थान, मास्क ८ सय थान, थान र ह्यान्ड्स ग्लोब्स २ सय ५० स्थान प्रदान स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।