कुलमानको पक्षमा उर्लिए कलाकार, हेर्नुहोस, कसले के भने ?


न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुनः नियुक्तिको माग गर्दै सामाजिक सन्जालमा उनको चर्चा भएरहेको छ । हास्य कलाकार हरिवंश आचार्य, केदार घिमिरे, स्वेता खड्का, मुक्ति शाक्य लगायतले घिसिङको पक्षमा आफ्ना समर्थन भन्दै सामाजिक सन्जाल रंगाएका थिए ।

मंगलबार साँझ सामाजिक सञ्जालमा नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई एकाएक बधाइ र शुभकामना सन्देशको ओईरो लाग्यो । कार्यकारी निर्देशक घिसिङको कार्यकाल सकिने समय नजिकिदै गर्दा दोस्रो कार्यकालका लागि सरकारले उनलाई पुनः नियुक्त गर्ने निर्णय गरेको भन्दै सञ्चारमाध्यमहरु र सामाजिक सञ्जालहरु रंगिए ।

यद्यपी सो बारे कुनै निर्णय नभएको र मन्त्रिपरिषदमा प्रस्तान पनि नलगगिएको उर्जामन्त्री बर्षमान पुनले स्पष्ट पारिसकेका छन् । अधिकांश फेसबुक र ट्वीटर प्रयोगकर्ताहरुले उनलाई बधाई र शुभकामना दिन हतारिनुकोपछि उनको नाममा खोलिएको एक फेक ट्वीटर अकाउन्ट पाईएको छ ।

घिसिङको कार्यकाल सकिन लाग्दा आम जनताले सरकारलाई पुनः कार्यकालको अवधि थप्न माग गर्दै समाजिक सञ्जाल लगायतका माध्यमबाट आवाज उठाई रहेका छन् । घिसिङको पुन नियुक्तिको माग गर्दै सेलिब्रेटीहरूले सामाजिक सन्जालमा लेखेका केहि स्टाटस जस्ताको तस्तैः