काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउन सिफारिस

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउन जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका पदाधिकारी र उपत्यकाका मेयरहरुबीच भएको बैठकले सिफारिस गरेको छ ।

मंगलबार पधाधिकारीहरु जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठकले निषेधाज्ञा थप एक साता लम्ब्याउन सिफारिस गरेको हो । गत बुधबारदेखि घोषणा गरिएको निषेधाज्ञाको अवधि भोलि राती १२ बजे सकिँदैछ ।

कोरोना संक्रमणमा खासै कमी नआएको र आगामी एक साता आइसोलेसन सेन्टर बनाउने लगायतका आवश्यक पूर्वतयारी गर्न समय चाहिने भन्दै सिडियो र मेयरहरु सम्म्लिित बैठकले सो सिफारिस गरेको हो ।