कुलमान घिसिङ बिद्युत प्राधिकरणको सिईओमा पुन: नियुक्त !

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले दोस्रो कार्यकालका लागि पनि निरन्तरता दिने निर्णयको अन्तिम तयारी थालेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई नै दोस्रो कार्यकालका लागि अवधि थप्ने विषयमा सहमति गरेको तर अन्तिम निर्णय भने गरिनसकेको बताइएको छ ।

तर कुलमान स्वयंले भने पुनः कार्यकारी निर्देशक बन्नका लागि खासै चासो नदेखाएको, यद्यपि समर्थकहरुले भने उनैलाई चाहेको बुझिएको छ । ‘म पुनः नियुक्त भएको भनेर मेरो नामको फेक आइडी बनाएर कसैले लेखिदिएपछि बधाईको ओइरो आइरहेको छ, तर त्यो होइन’ कुलमानले न्युज अफ नेपाललाई बताए ।

यसअघि उनको कार्यकाल सकिनुअघि नै सरकारले म्याद थप्ने मनस्थिति बनाएको समाचार प्रकाशित भएको थियो । लामो समय लोडसेडिङको समस्यासंग जुधिरहेको नेपाललाई कुलमानले प्राधिकरणको नेतृत्व सम्हालेपछि उज्यालो नेपालमा परिणत गरेका थिए ।

घिसिङको कार्यकाल सकिन लाग्दा आम जनताले सरकारलाई पुनः कार्यकालको अवधि थप्न माग गर्दै सामाजिक सञ्जाल लगायतका माध्यमबाट आवाज उठाइरहेका छन् ।

सामाजिक सञ्जालमा कुलमानको पुनः नियुक्तको बिषयलाई लिएर उत्साह छाएको छ भने बधाईको ओईरोसमेत देखिन थालेको छ ।