साइकल यात्री भिरबाट लडेर घाइते


न्युज अफ नेपाल,पाल्पा ।

अर्घाखाँचीबाट साइकल चलाउदै पाल्पा तर्फ आएका एक युवा दुर्घटनामा परेर घाइते हुनु भएको छ । मंगलवार विहान ९ वजेतिर अर्घाखाँचीबाट साईकल चढेर पाल्पा आउदै गरेका साइकल यात्री अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वडा नं. ३ बस्ने बर्ष ४१ को हुम बहादुर नेपाली पाल्पाको रिब्दीकोट गाउँपालिका ८ स्थित तारेभिरमा अचानक साईकल सहित दुर्घटनामा परेको वताइएको छ ।

सडक देखि करिव २ सय मिटर तल खस्न जाँदा घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । लडेर घाइते भएकोमा प्रहरी र स्थानियहरुको सहयोगमा उद्दार गरी उपचारको लागि तानसेनको मिसन अस्पताल ल्याइ उपचार भैरहेको प्रहरीले जनाएको छ ।