निषेधाज्ञा उल्लंघन गर्नेलाई कारवाही


न्युज अफ नेपाल,पाल्पा ।

कोरोना संक्रमण नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा उल्लंघन गरेर सवारी चलाउनेहरुलाई प्रहरीले कार्वाही गर्न थालेको छ । जिल्ला सदरमुकाम तानसेनमा निषेधाज्ञा उल्लंघन हुने गरी अनावश्यक रुपमा चलाएका २२ मोटर साइकल र १ ट्रकलाई नियन्त्रणमा लिई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पा प्रशासनले कोरोना जोखिमलाई मध्यनजर गर्दै भदौ ५ गते राती देखि १२ गते राति १२ बजेसम्म पाल्पामा कुनै पनि गतिविधि गर्न रोक लगाएको छ ।

निधेधाज्ञाको समयमा अत्यावश्यक बाहेक अन्य सवारी चलाउन र हिडडुल गर्न समेत रोक लगाइएकोमा उनीहरुले त्यसको उल्लंघन गरेको पाइएकोले कारवाही गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक मदन गिरीले जानकारी दिनुभयो ।