राजतन्त्र सम्बन्धी फेसबुक ग्रुप बन्द


बैंकक,(एजेन्सी)

सामाजिक संजाल फेसबुकले थाइल्यान्डमा लाखौं सदस्य रहेको एउटा ग्रुपलाई थाइ नरेशकाबारे छलफल गर्न नपाउने गरी बन्द गरिदिएको छ । थाइ सरकारले आफैंले सो समुह विरुद्ध कानुनी कारवाही थालने चेतावनी दिएपछि फेसबुकले यो कदम उठाएको हो । फेसबुक कम्पनीले बैंककबाट आएको दवावलाई सम्वोधन गर्ने क्रममा आफैंले कानुनी कारवाहीको तयारी गरिरहेको वीवीसीलाई जानकारी गराएको छ ।

थाइल्यान्डले पटक पटक सरकार विरोधि प्रर्दर्शनहरु हेर्दै आएको छ । ति प्रदर्शनहरुमा अप्रत्यासित रुपमा राजतन्त्रमा सुधार गरिनुपर्ने आवाज पनि उठ्न थालेको छ । थाइल्यान्डमा राजतन्त्रको विरोध कार्यलाई संगीन अपराधको रुपमा लिइने गरिएको छ । थाइल्यान्डभरि ‘ रोयलिस्ट मार्केटप्लेस ’ समुहको पहुँचलाई सोमवार साँझ देखि ब्लक गरिएको छ ।

\तर अझै पनि यो पेजलाई देश बाहिरबाट भने प्रयोग गर्न सकिने अवस्था रहेको छ । ग्रुपका एडमिन पाभिन छाछाभाल्पोन्गपुनले अत्यन्तै लोकप्रिय यसमा दस लाख भन्दा बढि सदस्य रहेको वीवीसीलाई बताएका छन् । छाछाभाल्पोन्गपुनले भनेकाछन् , ‘ यस ग्रुपले मानिसहरुलाई राजतन्त्रबारे गम्भीर छलफल गर्ने प्लेटफर्म र थाइ जनतालाई राजतन्त्र प्रतिको आफ्नो खुल्ला अभिव्यक्ति राख्ने मौका दिएको छ । ’

जापानमा स्वनिर्वासित विद्वान छाछाभाल्पोन्गपुन सोमवार साँझ नै अर्को नयाँ फेसबुक ग्रुप खोलेका छन् ।रातभरिमा यसले ४ लाख भन्दा बढि फलोयर बनाइसकेको छ । फेसबुकले आफु थाइ सरकारलाई अवैध लाग्ने सामग्रीहरु सम्मको पहुँचमाथि प्रतिवन्ध लगाउन बाध्य रहेको जानकारी वीवीसीलाई दिएको छ ।

थाइल्यान्डका मानवअधिकारवादी समुहहरुले थाइ सरकारले फेसबुकलाई यस कार्यक लागि बाध्य पारिएकोमा आलोचना गरेका छन् ।
छाछाभाल्पोन्गपुनले मानिसहरुको अभिव्यक्ति दिन पाउनुपर्ने अन्तर्राष्ट्रिय मानव अधिकारलाई कुण्ठित गरी चालिएको यस कदम विरुद्ध कानुनी चुनौति दिने तयारी भइरहेको पनि बताएका छन् ।

थाइ जनतालाई कलिलै उमेर देखि नरेश प्रति ह«दय देखि नै सम्मान गर्न सिकाइने गरिन्छ । थाइ नरेशको विरोध गर्ने जो काहिलाई पनि लेसे म्याजेस्टे कानुन अन्तर्गत कडा कावाही हुने गरेको छ ।