भारतमा अपार्टमेन्ट भवन ढल्यो

0
Shares

नयाँदिल्ली,(एजेन्सी)

पश्चिमी भारतमा सोमवार एउटा पाँच तल्ले अपार्टमेन्ट भवन ढल्दा झण्डै साठी जना व्यक्तिलाई जिवितै उद्धार गरिएको छ । यस दुर्घटनामा दुईजनाको ज्यान गएको र कमितमा अठारजना भग्नावशेषमा पुरिएको आशंका रहेको जिल्ला अधिकारीहरुले स्थानिय संचार माध्यमलाई जानकारी गराएका छन् ।

चलचित्र उद्योग तथा व्यावशायिक शहर मुम्वइ देखि करिव १ सय ७० किमि टाढा रहेको माहाद शहर स्थित यस भवनमा ४७ वटा फ्ल्याट रहेको प्रहरी बताएका छन् । विशेष गरी मनसुनको भिषण वर्षको समयमा भारतमा यसरी भवनहरु ढल्नु कुनै नौलो घटना भने होइनन् ।

प्रहरीका अनुसार स्थानिय समय अनुसार सोमवार साँझ सात बजे सो भवन ढलेको हो। भरतिय गृहमन्त्री अमित शाहले यसलाई अत्यन्त दुखद दुर्घटनाको संज्ञा दिँदै राष्ट्रिय विपत्ति सरोकार फौज ( एनडिआरएफ ) लाई हरसंभव सहयोग प्रदान गर्न निर्देशन दिएका छन् ।

उद्धार टोलिले भग्नावशेषमा संभावित जिवित व्यक्तिहरुको खोजि गरिरहेका छन् । यो भवन मात्र दस वर्ष पुरानो भएको बताइएको छ । भारतमा यसवर्ष अहिले सम्म मनसुन वर्षासंग सम्वन्धित दुर्घटनामा मर्नेको संख्या ८ सय नाघिसकेको छ ।