खोटाङबाट रेफर भएकी पखालाको विरामीमा कोरोना


रामधन राई, खोटाङ,
जिल्ला अस्पताल खोटाङबाट रेफर भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी १६ वर्षीया युवतीमा कोरोना पुष्टि भएको छ । जिल्ला अस्पताल खोटाङबाट गत भदौ ४ गते रेफर भएकी युवतीको भदौ–८ गते कोरोना पुष्टि गरेको हो ।

पखाला र ज्वरोले सिकिस्त भएपछि उनलाई भदौ २ गते जिल्ला अस्पताल भर्ना गरिएको थियो । अस्पतालको इमर्जेन्सी र जनरल वार्डमै राखिएकाले अन्यलाई तथा स्वास्थ्यकर्मीलाई समेत संक्रमणको जोखिम रहेकोे जिल्ला अस्पताल खोटाङका डा। शैलेश श्रेष्ठले बताउनुभयो ।

स्वास्थ्यकर्मीहरुको स्वाव सङ्कलन गरेर मंगलवार९आज० नै परीक्षणमा पठाइने डाक्टर श्रेष्ठको भनाई छ । अस्पतालमा आकस्मिक र प्रसुति बाहेक अन्य सेवा बन्द गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले सुनाउनुभयो ।

उक्त समयमा ड्युटीमा नरहेका स्वास्थ्यकर्मीहरुलाई मात्र खटाइने प्रजिअ शर्मा पौडेलले जनाउनुभयो । उक्त युवतीको ट्राभलहिस्ट्री समेत नरहेको प्रजिअ शर्मा पौडेलले स्पष्ट पार्नुभयो ।