अस्पताल अगाडि राखिएको बैंकका तीन कर्मचारीमा कोरोना

0
Shares

न्युज अफ नेपाल,दाङ ।

दाङमा आज बैंकका तीन जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । घोराही–१५ को हस्पीटल रोडमा रहेको लक्ष्मी बैकको एक्सटेन्सन काउण्टरका तीन जना कर्मचारीमा संक्रमण देखिएको वडा अध्यक्ष रमेश पाण्डेले जानकारी दिनुभयो ।

संक्रमितलाई आइसोलेसन सेन्टरमा लैजाने तयारी भइरहेको उहाँले बताउनुभयो । संक्रमितहरुमा केहिदिनदेखि कोरोनाको लक्षण देखिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परिक्षण गरिएकोमा तीनै जनामा संक्रमण पुष्टि भएको हो ।

उक्त काउण्टर बुधबारदेखि नै बन्द गरिएको बैकका घोराही शाखा म्यानेजर पदमकुमार केसीले जानकारी दिनुभयो । कर्मचारीमा खोकी र ज्वरोको लक्षणदेखिएपछि आशंकामा स्वाब परिक्षण गरिएको उहाँले बताउनुभयो ।

संक्रमित मध्ये घोराही–१४ र १५ का दुई जना र एक जना काठ्माण्डौका रहेका छन् । घोराही शाखाका कर्मचारीको सबै कर्मचारीको स्वाब परिक्षण गरेपछिमात्रै बंंकको सेवा सुचारु गरिने म्यानेजर केसीले बताउनुभयो ।