नेता नेपालका सुरक्षाकर्मीलाई सङ्क्रमण

0
Shares

काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका नौ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पिसीआर परीक्षण गराउँदा एक जना निजी सुरक्षाकर्मी (पिएसओ) र अन्य घर र गाडीको पछुवामा खटिएका आठ जनामा सङ्क्रमण देखिएको उहाँका स्वकीय सचिव मोहन गौतमले जानाकारी दिनुभयो ।

उहाँका अनुसार वरिष्ठ नेता नेपालले पनि ती सुरक्षाकर्मीसँगै पिसीआर परीक्षण गराउनुभएको थियो भने उहाँमा सङ्क्रमण देखिएन । उनीहरु सबैको शुक्रबार रिर्पोट आएको हो । सङ्क्रमण देखिएपछि उहाँका सुरक्षाकर्मी आइसोलेसनमा छन् ।