सुन्दरी शिल्पाको अर्को तारिफयोग्य काम, ‘जाने बेला’मा यसरी खुलिन्


न्युज अफ नेपाल,काठमाडौं ।

नायिका शिल्पा पोखरेलको अभिनय रहेको ‘जाने बेला’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । प्रेममा धोका पाएकाहरुको कथालाई जीवन्त शैलीमा उतारिएको गीतमा गायक श्रेष्ठ र गायिका मेलिना राईको स्वर रहेको छ । राम अबिरल बिष्टका शब्द, राजन तिमिल्सिनाको संगीत शृजना रहेको गीतमा शैलेन्द्र प्रधान बाबुको एरेन्ज रहेको छ ।

फराज अर्पणको छायांकन, सम्पादन र निर्देशन रहेको गीतले प्रेममा चोट पाउनेहरुमा बेदनालाई नजिकबाट केलाएको छ । भिडियोमा वैँशालु उमेरमा प्रेममा परेका तर परिस्थितीले प्रेमी प्रेमीका एक हुन नसकेको असफल प्रेम कहानीलाई देखाउन खोजीएको छ ।

भिडियो हेर्नुहोस्…

https://youtu.be/hwvWzhQgZAc