लिपुलेख नजिकै क्षेप्यास्त्र तैनाथ गर्ने चीनको तयारी


लिपुलेख । दुई देशको सीमा विवादलाई लिएर कयौं ठाउँमा मुठभेदको स्थितिमा रहेका चीन र भारतबीच नेपालले आफनो भुमी दावी गर्दै नक्सामा समेत अंकित गरिसकेको लिपुलेखमा पनि विवादको स्थिति उत्पन्न भएको छ ।

लिपुलेखमा चीनले क्षेप्यास्त्र तैनाथ क्षेत्रका रुपमा विकसित गर्ने तयारीमा आवश्यक संरचनाको निर्माणकार्य शुरु गरेको सन्चार माध्यमहरुले दावी गरेको छ । हालै प्राप्त स्याटलाइट तस्विरले पनि उक्त दावीलाई बल मिलेको बताइएको छ । लिपुलेख त्यही इलाका हो जसलाई लिएर भारत र नेपालबीच विवाद कायम छ ।

ओपन सोर्स इन्टेलिजेन्स डेट्रेस्फाले जारी गरेका स्याटलाइट तस्विरमा लिपुलेख नजिकै ट्राइ जंक्सन क्षेत्रमा चीनले सैनिक तैनाथ गरेको मात्र नभइ क्षेप्यास्त्र तैनाथका लागि निर्माणकार्यको तयारी पनि भइरहेको देखिएको बताइएको छ ।

डेट्रेस्फाका अनुसार यस इलाकामा सय किलोमिटर जियोइन्ट स्क्यानिंगबाट पिपुल्स लिबरेसन आर्माी (पीएलए) को गतिविधि थाहा भएको हो । यहाँ जमिनबाट आकासमा प्रहार गर्ने क्षेप्यास्त्रका लागि साइटको निर्माण मानसरोवर ताल नजिकै भइरहेको छ ।

यहाँ चीनले सैनिक पनि तैनाथ गरिरहेको सन्चार माध्यमले जनाएको छ । यहाँ सन् २०२० मे देखि संरचना र आवासका लागि तयारी भइरहेको छ । लिपुलेख इलाका नेपाल, भारत र चीनको सीमाको संगम स्थल हो । चीनले लिपुलेखमा आफनो सेना तैनाथ गरेको केही दिन अघि विज्ञहरुले बताएका थिए । चीनले एक बटालियन अर्थात १ हजार भन्दा धेरै सैनिक जवान लिपुलेख नजिकै तैनाथ गरेको छ ।

भारतले लिपुलेख नाका हुँदै मानसरोवर यात्राका लागि नयाँ रुट बनाउने योजना गरेको छ । भारतले बनाएको ८० किलोमिटर लामो सडकलाई लिएर नेपालले आपत्ती जनाउँद उक्त भुमीमाथि नेपालको सम्प्रभुता दावी गरेको हो । त्यसको लगत्तै नेपालले उक्त क्षेत्र सहितको नयाँ नक्सा पारीत गरेको थियो । यसमा लिपुलेख सहितको कालापानी समावेश गरिएको थियो ।

यसबीच चीनको पिपुल्स लिबरेसन आर्मी भारतसँगको सीमा विवाद रहेको पेगोंग सो र गागरा हट स्पिंग इलाकामा फाइबर अप्टिक केबल विछ्याउन शुरु गरेको छ । यद्यपी यसअघि हिंसात्मक मुठभेद भएको लद्दाख र अक्साइ चीन क्षेत्रमा पनि भारी संख्यामा चिनियाँ सैनिक तैनाथ रहेको बताइएको छ ।