कमला ह्यारिस आधिकारिक उपराष्ट्रपति उम्मेदवारमा चयन


वासिङ्टन, (एजेन्सी)

अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उपराष्ट्रपति पदका लागि कमला ह्यारिस आधिकारिक उम्मेदवारमा चयन भएकी छन्।

जमैकन पिता र भारतीय माता, कमलाको डीएनए हो यो। भारतले चिच्याइरहेजस्तो उनी भारतीय मूलकी मात्र होइनन्। यद्यपि, अश्वेत र दक्षिण एसियासँग सम्बन्ध राख्ने कमला अमेरिकाको यति ठूलो पदका लागि उम्मेदवार बन्ने पहिलो नारी हुन्।

कमला ह्यारिसले पार्टीको कन्वेसनमा भनेकी छन्– ‘म अमेरिकाको राष्ट्रपति चुनावमा पार्टीको उपराष्ट्रपति पदको नामांकनलाई स्वीकार गर्दछु।’

आफ्नी आमाको स्मरण गर्दै कमलाले उनकी दिवंगत आमाले आफूलाई मानिसको सेवा गर्न सिकाएको बताइएकी छन्। सन् २००९ मा कमला ह्यारिसकी आमाको क्यान्सरबाट निधन भएको थियो। ह्यारिस यदि नोभेम्बरको राष्ट्रपति चुनावमा निर्वाचित भइन् भने उनी यो पदमा पुग्ने पहिलो अफ्रिकी भारतीय महिला हुनेछिन्।

ह्यारिसकी मामा भारतीय थिइन् भने पिता जमैकाका थिए। ह्यारिसको अनुमोदन भाषण संयोगले अमेरिकाद्वारा १९औं संविधान अनुमोदन गरेको एक सयौं वर्षगाँठको एक दिनपछि भयो।

यस संशोधनलाई सुसैन बी एन्थोनी संशोधन पनि भन्ने गरिन्छ, जसको माध्यमबाट महिलालाई मताधिकार प्राप्त भएको थियो। ह्यारिसले ट्विटमा भनेकी छन्– ‘आज ठीक सय वर्ष पहिला १९औं संशोधनलाई अनुमोदन गरिएको थियो तर दशकौंसम्म अश्वेत महिलाले यस संवैधानिक अधिकारको प्रयोग गर्न पाएका थिएनन्।’
उनले फेरि भनिन्– ‘म डेमोक्र्याटिक पार्टीको उपराष्ट्रपति प्रत्यासी बन्न पाउँदिन थिएँ, यदि मेराअघि उनीहरूले संघर्ष नगरेको र मार्ग प्रशस्त नगरेका भए।’

डेमोक्र्याटिक राष्ट्रपति उम्मेदवार जोय बाइडेनले नोभेम्बरमा हुन गइरहेको राष्ट्रपति चुनावमा आफ्ना सहकर्मीका रूपमा क्यालिफोर्निया सिनेटर कमला ह्यारिसलाई उपराष्ट्रपति पदका प्रत्यासीका रूपमा चयन गरेका हुन्।

बाइडेन र ह्यारिसले नोभेम्बर ३ मा हुने चुनावमा रिपब्लिकन उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माक पेन्सलाई चुनौती दिनेछन्।

डेमोक्र्याटिक नेसनल कमिटीको कन्वेन्सनमा क्यालिफोर्नियाकी सिनेटर कमला ह्यारिसले आफ्नो भाषणमा डोनाल्ड ट्रम्पलाई असफल नेताको संज्ञा दिएकी थिइन्। उनले भनिन्– ‘ट्रम्प नेतृत्व गर्न असफल रहे।’
उनले ट्विटरमा पनि ट्रममाथि निसाना बनाउँदै उनले जनतामाथि आएका विपत्तिलाई राजनीतिक हतियारमा परिणत गर्ने गरेको आरोप लगाएकी छन्।

डलावेयरमा डोनाल्ड ट्रम्पको गृहनगर विलमिङ्टनस्थित एक होटलको बलरुममा हेरिसले भनिन्– ‘हामी एक महŒवपूर्ण मोडमा उभिएका छौं।’

लगातार आउने उथलपुथलले नागरिकलाई भड्काउने र अयोग्यताले जनताको मनमा डर उत्पन्न गराउने बताइन्। अमेरिकी जनता राम्रो गर्न सक्ने र धेरै कुराको अधिकार राख्ने उनले बताएकी छन्।

देशका लागि राम्रो कुरा ल्याउने र महŒवपूर्ण काम गर्ने व्यक्ति राष्ट्रपतिका रूपमा चुनिनुपर्ने कमलाले बताइन्।
आफ्नो भाषणमा कमलाले काला नागरिक कोरोना भाइरसको धेरै चपेटामा परेको देखि हालैका महिनामा देशभरि भएको नस्लभेदी विरोध प्रदर्शनको कमलाले खुलारूपले चर्चा गरिन्। उनले भनिन््– नस्लभेदको कुनै खोप छैन, हामी आफैले यसलाई पन्छाउनु पर्नेछ।’