नेपाल-ईजरायल सरकारबीच ९० दिनसम्म प्रवेशाज्ञा लिनु नपर्ने


काठमाडाैँ ।

आज नेपाल सरकार तथा ईजरायल सरकारबीच कूटनैतिक राहदानी बाहकलाई प्रवेशाज्ञाको आवश्यकताबाट उन्मुक्तिसम्बन्धी सम्झौता भएको छ। फलस्वरूप, अब उप्रान्त कुनै एक राष्ट्रको कूटनैतिक राहदानी बाहक नागरिकले अर्को राष्ट्रको भूमिमा बढीमा ९० दिनसम्मका लागि जाँदा प्रवेशाज्ञा लिनु नपर्ने भएको छ।

ईजरायलको परराष्ट्र मन्त्रालय, जेरुसलेममा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतापत्रमा नेपाल सरकारको तर्फबाट महामहिम राजदूत डा. अन्जान शाक्यज्यूले तथा ईजरायल सरकारको तर्फबाट ईजरायली परराष्ट्र मन्त्री H.E. Mr. Gabi Ashkenazi ले हस्ताक्षर गर्नुभएको थियो।

यस अवसरमा महामहिम राजदूतज्यूले नेपालमा Learn & Earn Project मार्फत ईजरायल आएका विद्यार्थीहरुमध्ये केही उत्कृष्ट छनौट गरी उनीहरुको लागि तालिम अवधी ११ महिनाबाट बढाउन सके उनीहरुलाई Expert/Consultant को रुपमा विकास गर्न सकिने सुझाव दिनुभएको थियो।

त्यसैगरी Caregiving Sector मा पुन: नेपालीहरुलाई ल्याउने तथा यस सँगसँगै रोजगारीका अन्य क्षेत्रहरुमा पनि ढोका खोल्ने सम्बन्धमा पनि कुराकानी भएको थियो।