रुपन्देहीको देवदहमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

0
Shares

यमलाल भुसाल,बुटवल ।

रुपन्देहीमा कोरोना भाइरसका कारण थप १ जनाको मृत्यु भएको छ । जिल्लाको देवदह नगरपालिकाका एकको मृत्यु पछि कोरोना पुष्टि भएको हो । देवदह मेडिकल कलेजमा उपचार गराई रहेको एक बिरामीको बुधवार उपचारका क्रममा मृत्यु भएको थियो ।

देवदह नगरपालिका–३, शिसपुर निवासी ७० बर्षीय पुरुषको मृत्यु भएपछि पीसिआर परिक्षण गराउदा कोरोना पोजेटिभ देखिएको देवदह नगर स्वास्थ्य शाखाले जनाएको छ । उनको स्वावको लुम्विनी प्रादेशिक अस्पतालमा पीसिआर परिक्षण गरिएको थियो ।

लामो समय देखि देखि पक्षघाट, सुगर, प्रेसरको विरामी रहेका उनको बुधवार मृत्यु भएको देवदह नगरपालिकाका प्रमुख हिरा केसीले जानकारी दिनु भयो । भैरहवा मेडिकल कलेजबाट घर लैजान भन्दै घर ल्याईएका बिरामीलाई पिडा बढी भएपछि देवदह मेडिकल कलेजको आईसियूमा राखिएकोमा उनको मृत्यु भएको नगर प्रमुख केसीले बताउनु भयो । कोरोना पोजेटिभका कारण पुरुषको मृत्यु भएपछि देवदह–३, शिसपुरलाई शिल गरिएको छ ।