मन्त्रिपरिषद्को बैठक वालुवाटारमा जारी


न्युज अफ नेपाल, काठमाडौं ।

मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास वालुवाटारमा जारी छ । देशभर कोरोना संक्रमितको संख्या बढिरहेको बेला मन्त्रिपरिषद्को बैठक बसेको हो ।

देशभर जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा जारी गरिरहेको बेला सरकारले लकडाउनको बारेमा पनि निर्णय लिन सक्ने एक मन्त्रीले जानकारी दिए । देशमा कोरोना संक्रमितको संख्या २९ हजार नाघिसकेको छ । अवस्थालाई थप भयावह बन्न नदिन सरकारले लकडाउनको बारेमा निर्णय लिन सक्ने बताइएको छ ।