काठमाडौं उपत्यकामा थप २०० जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

आज (बिहीबार)काठमाडौं उपत्यकामा थप २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । उपत्यकामा कोरोना संक्रमण तीब्र गतिमा बढेसंगै एक साताका लागि बुधबार राती १० बजेदेखि निषेधाज्ञा जारी गरिएको छ ।

यस्तै आज देशभर थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।