जडिबुटीमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

जडिबुटीमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । जडिबुटीको आकाशे पुल नजिक भक्तपुरतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।

मृतक पैदलयात्री सिन्धुपाल्चोक इन्द्रावती गाँउपाालीका ३ घर भएका ४४ वर्षीय धनबहादुर कार्की हुन् । दुर्घटनापछि ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।