अपडेटः अछामकाे कैलाशखोलाले बगाएका १७ मध्ये ६ जनाको शव भेटियो


धर्मेन्द्र बि सी, अछाम ।

जिल्लाको रामारोशन गाउपालिकाका कैलाशखोलाले बगाएका १७ जना मध्ये ६ शव भेटिएको छ । हिजो राति परेको अबिरल बर्षाले गर्दा आएको बाढिले रामारोशन गाउपालिका वडा नम्बर ५ सैनिबजारबाट बगाएका १७ जना मध्ये ६ जनाको शव कैलासको विभिन्न स्थानमा भेटिएको हो ।

४ जनाको लास बान्नीगढी जयगढ गाउपालिका वडा नम्बर ६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा भेटिएको स्थानीय देबेन्द्र थापाले बताए । यस्तै २ जनाको लास मंगलसेन नगरपालिका वडा नम्बर ३ मा पर्ने लमतणा र सेरीमा भेटिएको त्यही स्थलमा खटिएका स्थानीय प्रकाश कुवरले जानकारी दिए ।

जनप्रतिनीधी, प्रहरी प्रशासन, स्थानिन उद्धारकर्मिको टोलि यतिबेला सैनिबजारमा उद्धारका लागि गईसकेको रामारोशन गाउपालिकाका अध्यक्ष झँकर बहादुर साउदले बताए।

जिल्लाबाट झण्डै ७ घण्टा पैदल हिडेर लाग्ने भएकाले चाडै उद्धारका लागि पहल भईरहेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायको भनाई छ । चाडै हेलिकप्टर मार्फत उद्धारका लागि केन्द्रसँग समन्वय भईरहेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।