तीन देशमा राजदूत नियुक्त


काठमाडौं, (नेस)
मन्त्रिपरिषदको बैठकले जर्मनी, युरोपियन युनियन (ईयू) र बेल्जियम तथा पाकिस्तानका लागि राजदूत नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन देशका लागि राजदूत नियुक्तिको सिफारिस गरेको हो ।

परराष्ट्र मन्त्रालयका सहसचिवहरू गेहेन्द्र भण्डारी, तापस अधिकारी र रामकाजी खड्कालाई यूरोपियन युनियन तथा बेल्जियम, पाकिस्तान र जर्मनीको राजदूतमा गरिएकोसरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिनुभयो । राजदूत सिफारिस भएका सबै जना पराराष्ट्र मन्त्रालयका कर्मचारी हुन् ।