कोरोना कहरका बिच स्याङ्जा सहयोग समाजको विभिन्न सहयोग


भूपराज बस्याल,स्याङ्जा ।

सामाजिक क्षेत्रमा सक्रिय सस्था स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले कोरोनाको प्रवाह नगरी जिल्लाका विभिन्न ठाउँमा सहयोग गरेको छ । बिदेशी रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेका स्याङ्जा जिल्ला वासीहरुको समस्य समाधानमा सक्रिय सस्थाले स्वादेशमा पनि सहयोगका कामहरु गर्दै आएको छ ।

काठमाडौमा रहेका अजिटम बालबालिका देखि जिल्लाका विभिन्न क्षेत्रमा सहयोग प्रदान गर्दै आएको सस्थाले पछिल्लो समय जिल्लाका विभिन्न भागमा सहयोग प्रदान गरेको छ । सस्थाले पछिल्लो समय जिल्लामा बाडी पहिलो देखि कोरोनाका कारण मृत्यु हुनेको परिवारसम्मलाई सहयोग गरेको समाजका कार्यसमिति सदस्य धर्मगत पराजुलीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो कोरोना कहरका कारण सबै तिर आर्थिक अभाव भएपनि त्यही अभावका बीच पनि हाम्रा सुवेक्ष्छुकहरु बाट सहयोग संकलन गरेर पीडितसम्म र्पुयाएका छौ । पछिल्लो समय सहयोग वितरण गर्दै हिड्नु भएका समाजका सह कोषाध्यक्ष डोलराज डुम्रेका अनुसार कोरोना भाइरसका कारण साउदी मृत्यु हुनुभएका समाजका युवा संयोजक स्वर्गीय रोशन श्रेष्ठको परिवारलाई उहाँको घरमा पुगेर सहयोग स्वरुप रु दश हजार सहयोग गरेको बताउनुभयो ।

वालिङ् नगरपालिका १४ गौरी टोलका टोप बहादुर दमैको घर अविरल बर्षाका कारण भत्किएको हुँदा उक्त परिवारलाई घरमै पुगेर रु दश हजार सहयोग प्रदान गरेको पनि उहाँले बताउनुभयो ।सहयोग वितरण गर्दै आइतबार गल्याङ नगरपालिका पुगेको समाजको टोलिले असार १२ गते आएको अविरल बर्षले घर पुर्णरुपमा क्षति भएका गल्याङ नगरपालिका ११ भाटिका खगेन्द्र अधिकारीको परिवारलाई पनि रु दश हजार सहयोग गरेको छ ।

पत्रकार, जनप्रतिनिधि सहित पीडितको घरमा पुगेर सस्थाको समूहले उक्त रकम हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा संगै पुग्नु भएका गल्याङ नगरपालिका ३ का वडा अध्यक्ष महेस भट्टराईले समाजले गरेको कामको प्रसंशा गर्नु भएको थियो । समाज गरेको काममा निकै खुसी भएको बताउदै उहाँले आफ्नो जन्म दिन पनि परेको हुँदा समाजले प्रदान गर्न लागेको सहयोग रकममा तीन हजार पाँच सय थप गरि जम्मा तेह्र हजार पाँच सय पीडित भण्डारीलाई सहयोग गरिएको थियो ।