कोरोनाको जोखिम बढेपछि रामपुर नगरपालिका क्षेत्र १० दिनका लागि बन्द


न्युज अफ नेपाल,पाल्पा ।

पूर्वी पाल्पामा पर्ने रामपुर क्षेत्र मंगलवार रातीदेखि १० दिनसम्म बन्द गरिने भएको छ । नगरपालिकाले कोरोनाको संक्रमण बढे जोखिम बढेपछी १० दिन बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाको कार्यपालिका बैठकले भदौ २ गते राती १२ बजेदेखी भदौको १२ गते राती सम्म लागु हुनेगरी नगरपालिका क्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।

चाडपर्वको निहुमा समेत बजारमा बढी भिडभाड भएको र जिल्ला सहित छिमेकी जिल्लामा समेत कोरोना समुदायमा फैलिएपछि चनाखो रहन र महामारीबाट नागरिकलाई सुरक्षित बनाउन यो निर्णय गरेको नगर प्रमुख रमण वहादुर थापाले बताउनुभयो । नगरपालिकाका अनुसार वन्दको समयमा अत्याबश्यक बाहेक सबै सेवा बन्द गरिने छ भने दूध, तरकारी, फलफुलका पसल बिहान ५ देखि ९ र साझ ५ देखि ७ बजेसम्म खुल्नेछ । अत्यावश्यक सेवमा नै बित्तिय संघ सस्था बिहान ११ बजेदेखी दिउँसो १ बजेसम्म खुल्नेछन ।

सकेसम्म घर वाहिर ननिस्कन र निस्कनै परेमा सुरक्षात्मक उपाय जस्तै अनिवार्य मास्कको प्रयोग गर्न, सेनिटाइजर सहितका सुरक्षाको उपाय अपनाउन पनि नगरपालिकाले अनुरोध गरेको छ ।