राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ बनाउने क्यामेराम्यान पक्राउ


न्युज अफ नेपाल, काठमाडौँ ।

राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले सो भिडियो बनाउने क्यामेराम्यानलाई पक्राउ गरको छ । पक्राउ परेका क्यामेराम्यानको परिचय भने खुलाइएको छैन । यस भिडिओका गायक गेल्जङ दोर्जे तामाङलाई भने प्रहरीले खोजी गरिरहेको छ।

सोमबार ‘देशद्रोही’ शीर्षकको यो गीत ‘मंगोल हप अफिसियल’ नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको थियो । झण्डा जलाएको भिडिओ सार्वजनिक भएलगत्तै यसको चौतर्फी विरोध भइरहेको छ ।