काभ्रेमा कोरोनाबाट ९८ बर्षीय जेष्ठ नागरिकको मृत्यु


भगवती/मोतीराम तिमल्सिना, काभ्रे ।
कोरोनाका कारण जिल्लामा दोश्रो ब्यक्तिको निधन भएको छ । ९८ बर्षीय जेष्ठ नागरिकको धुलिखेल अस्पतालमा उपचारको क्रममा मंगलबार विहान निधन भएको अस्पतालले जानकारी दिएको छ ।

धुलिखेल नगरको विकासमा योगदान पु¥याउनु भएका समाजसेवी ९८ बर्षीय जेष्ठ नागरिक पछिल्लो समय परिवारका साथमा काठमाडौ बानेश्वर बस्दै आउनु भएको थियो ।

छोरा बुहारीका साथमा बानेश्वर रहनु भएका समाजसेवी जेष्ठ नागरिकको ९८ औ जन्म जयन्ति मनाउन धुलिखेल आउने क्रममा उहाँलाई अस्पताल लगिएको थियो । २०७७ साउन २७ गते कोरोना पुष्टी भए पछि उहाँलाई अस्पतालमै राखेर उपचार गरिएको थियो ।

‘बानेश्वर घरमै रहँदा सामान्य अवस्थ भए सँगै उहाँले जन्म स्थान धुलिखेल पु¥याई दिन अनुरोध गर्नु भएको थियो’– परिवारका एक सदस्यले भन्नुभयो–‘पारिवारीक प्रतिष्ठानले जन्म जयन्ति मनाउने गरेकाले उहाँ धुलिखेल आउनु भएको हो । भोलिपल्ट जन्मोत्सवको तयारी गरिएको थियो अघिल्लो दिन नै उहाँमा कोरोना पोजेटिभ देखियो ।’

धुलिखेल आए लगत्तै उहाँले धुलिखेलका जेष्ठ नागरिकहरुसँग भेट गर्नु भएको थियो । उहाँलाई भेट गर्न आउने र उहाँबाट शुभकामना लिन आउनेहरुको संख्या पनि धेरै थियो । उहाँलाई भेट गरेका धुलिखेल अस्पतालका डाक्टर, नर्स तथा कर्मचारीहरु पनि आईसोलेसनमा बसेका थिए । अहिले उहाँहरुको कन्ट्रयाक ट्रेसिङ्ग भईरहेको छ ।

उहाँमा कोरोना पोजेटिभ देखिए लगत्तै उहाँसँगै बस्ने बुहारी र छोरामा कोरोना पुष्टी भएको छ । उहाँहरु दुबै जना काठमाडौमा उपचारार्थ हुनुहुन्छ । परिवारका अन्य सदस्यहरुलाई पनि कोरोना परिक्षण भईरहेको छ ।

यस अघि जिल्लामा पाँचखाल नगरपालिका वडा नम्वर १ घर भएकी ५२ बर्षिया महिलाको कोरोनाकै कारण उपचारका क्रममा साउन २६ गते किस्ट अस्पताल काठमाडौमा निधन भएको थियो ।

जेष्ठ नागरिकको शब पशुपतिको विद्युत्तिय शवदाह गृहमा अन्त्येष्टी गरिने बताईएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जिल्लामा संक्रमति देखिएका ८० मध्ये २ को निधन भएको, ३४ जना उपचार पछि घर फर्किएको र बाँकी उपचारार्थ रहेको बताउनु भयो ।