पुर्ख्यौली पेशालाई अंगालेर राम्रो आम्दानी गर्दै रसुवा चिलिमेकी फुर्पु साङमो


सरस्वती न्यौपाने,रसुवा ।

जिल्लाको आमाछोदिङमो गाउँपालिका वडा नं. ५ चिलिमेकी फुर्पु साङमो तामाङले पुख्र्यौली पेशा पाङगाप किटी लगायत झोला बुनेर राम्रो आम्दानी गर्दै आउनु भएको छ । स्थायी घर चिलिमे भएपनि उनको श्रीमान कर्माे वाङदी तामाङ कृषि विकास कार्यालयमा जागिरे भएका कारण उनी पनि श्रीमान सँगै सदरमुकाम धुन्चे मा बसोबास गर्दै आएकी उनी आफ्नो पुख्र्यौली पेशालाई निरन्तर दिन थालिन् दुुई छोरा र तीन छोरीहरुको आमा श्रीमानलाई धेरै बोझ बनाउन हुँदैन भनेर पङगप, किटि, टोपी, झोला, पटुका बुनेर व्यापार गर्न थालिन् । घर व्यवहार उनको कमाईबाट हुनथाल्यो श्रीमानको पैसाले छोराछोरी पठाउन पुग्यो ।

अहिले सम्म कुनै संघ/संस्थाको सहयोग विना आफ्नै निजि खर्चमा पुख्र्यौली पेशालाई आज सम्म निरन्तरता रहेको छ । भुकम्प पछि अचानक विरामी भएर श्रीमानको मृत्यु भयो ।केही वर्ष तेतीकै बसेपनी अहीले निरन्तरता दिइरहेको उनै फुर्पुसाङमो बताउँछिन् ।

मासिक रुपमा राम्रै कमाई हुन्छ दश हजार देखि पन्ध्र हजार कमाई हुन्छ । बुबाको मृत्यु भएपनि हामी साथमा छौँ । आफ्नो पेशालाई छाड्न हुन्न भन्दै छोरा रेन्जेन तामाङले हौसला प्रदान गर्नु भएको छ ।

श्रीमान् हुँदा र नहुँदा धेरै फरक हुदो रहेछ तैपनि छोरा छोरीहरुले धेरै सहयोग गरिरहेका छन् । उहा जन्मेको र कर्म घर चिलिमे भएपनि सदरमुकाममा आएर बसोबास गर्दै आउनु भएकी फुर्पु तामाङले तामाङ समुदायका महिला तथा पुरुषहरुले लगाउने टोपी, पटुका लगाएत किटटी पङगप बुनेर बच्दै आउनु भएका छ । यस कामले मन भुलाउने र दुई चार रुपैया कमाउने आय स्रोतको माध्यम बनेको छ ।

हाल कोभिड—१९ का कारण अलि व्यापारमा कम भएको बताईन् । झनै संघियता आयो पालिका पनि स¥यो व्यापार मा मन्दी आयो त्यस पछि कोरोनाको कारण त व्यापर नै ठप्प नै रहयो ।