एसईईको नतिजा सार्वजनिक,यसरी थाहा पाउनुहोस् आफ्नो नतिजा

84
Shares

ईश्वरराज ढकाल, काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले यस बर्षको एसईईको नतिजा सार्वजनिक गरेको छ । सोमबार अपरान्ह बसेको बोर्ड बैठकले नतिजा प्रमाणित गरेको हो ।

करिब एक साता अघि नतिजा तयार भई परीक्षा नियन्त्रण कार्यालयले बोर्डमा बुझाएको भएपनि शिक्षामन्त्री गिरिराजमणी पोखरेलसंग सहमति लिएर सोमबार मात्र परीक्षफल प्रकाशित गर्ने निर्णय गरेको हो ।

यसरी हेर्न सकिन्छ नतिजा 

राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको नतिजा हेर्नका लागि १६०० डायल गरी थाहा पाउन सकिने जानकारी दिएको छ । यस्तै एनसेल र नेपाल टेलिकममार्फत् १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिने छ ।

माध्यामिक शिक्षा परीक्षा कक्षा १० काे वेबसाइट see.gov.np, शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np र परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np मा हेर्न सकिन्छ। यस्तै नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा पनि नतिजा हेर्न सकिनेछ।

हेर्नुहोस् बिज्ञप्तिसहित…