मुख्यमन्त्रीद्वारा प्रदेश संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षण   

0
Shares

 गण्डकी ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश संक्रामक तथा सरुवा रोग अस्पतालको आज अनु्गमन गर्नुभएको छ । पोखरा महानगरपालिका वडा नं ३१ मोहोरियास्थित अस्पताल पुग्नुभएका मुख्यमन्त्री गुरुङलाई गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माल अस्पतालबाट भइरहेका सेवा प्रवाहवारे जानकारी गराउनुभएको थियो ।

निरीक्षणका क्रममा मुख्यमन्त्रीले अन्य प्रदेशका तुलनामा गण्डकीमा कोरोना संक्रमण कम भए पनि पछिल्ला दिन पोखरामा तीव्ररुपमा बढेको बताउँदै व्यक्तिगत स्वास्थ्यका साथै समुदायको स्वास्थ्य रक्षाका लागि प्रत्येकले आआफ्नातर्फबाट सावधानी र सजगता अपनाउनुपर्नेमा जोड दिनुभयो ।

सक्रमण बढिरहेको विद्यमान अवस्थामा सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले थप निर्णय गर्ने उहाँले जानकारी दिनुभयो ।   हाल १२ संक्रमितले उपचार गराइरहेको उक्त अस्पतालबाट पोखरा– १९ लामाचौरकी ८८ वर्षीया देवीकुमारी गुरुङसहित नौ संक्रमित उपचारपछि आज घर फर्केको अस्पताल प्रशासनले जनाएको छ ।