भ्रष्टाचार गर्ने सहायक रथी राणासहित ३ जनाको जागिर चट्

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

नेपाली सेनाका सहायकरथी प्रयोगजङ राणा, महासेनानी नविन सिलवाल र प्रमुख सुवेदार मिठुराम शर्मालाई सैनिक समरी अदालतले सोवाबाट हटाउने निर्णय गरेको छ । बीरेन्द्र सैनिक कार्य तालिम केन्द्रमा कार्यरत रहंदा भ्रष्टाचार गरेको अभियोगमा उनीहरुलाई सेवाबाट हटाउने निर्णय गरेको सैनिक मुख्यालयले जनाएको छ ।

उनीहरुलाई १ कारेड ७२ लाख जरिवाना गराउने निर्णय गरेको पनि सेनाले जनाएको छ । अदालतले सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर समेत गरेकोू अभियोगमा सैनिक ऐन, २०६३ बमोजिम दोषी ठहरिएका नेपाली सेनाका सहायक रथी राणा, महासेनानी सिल्वाल र प्रमुख सुवेदार विश्वकर्मालाई सैनिक सेवाबाट हटाउने गरी फैसला गरेको पनि सेनाले जनाएको छ ।

साथै उक्त अदालतबाट सह सेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह घटुवा तथा प्राविधिक सह सेनानी फिरोज महर्जन र जमदार भद्र बहादुर शाहीलाई नसिहत र महासेनानी राजेन्द्रमणी गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डे ९अवकाश प्राप्त० लाई सफाई दिने गरी फैसला भएको छ ।