सिन्धुपाल्चोकका पहिरो पीडितको राहत र पुनर्स्थापनाबारे सभामुख र गृहमन्त्रीबीच छलफल

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री रामबहादुर थापा बादलबीच सिन्धुपाल्चोकका पहिरो पीडितहरुलाई राहत र पुनर्स्थापनाका विषयमा छलफल भएको छ । आज सिंहदरवारस्थित सभामुख सापकोटाको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले जिल्लामा बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएको र एक सयभन्दा बढी घरपरिवार विस्थापित भएकोले उनीहरुलाई पुनस्र्थापित गर्ने विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराउनुुभयो ।

त्यस अवसरमा उहाँले ०७१ साउन १७गते गएको जुरे पहिरोका पीडितका लागि सर्वसाधारणबाट उठेको सहयोग रकम वितरणको लागि निर्णय गर्न भइरहेको ढिलाइबारे चासो राख्नुभएको थियो । गृहमन्त्री थापाले बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई आर्थिक राहत प्रदान गरिने र बिस्थापितको पुनस्र्थापनाका लागि छिटो भन्दा छिटो काम थालिने जानकारी दिनुभयो ।

साथै, गृहमन्त्री थापाले जुरे पहिरो पीडितका लागि सर्वसाधारणबाट उठेको रकमवितरणसम्बन्धीनिर्णयकालागिआफूले पहलगर्ने प्रतिबद्धता पनिव्यक्तगर्नुभयो । यहीसाउन ३० गते सिन्धुपाल्चोकको जुगलगाउँपालिका–२ लिदिमा  गएको पहिरोमा परेका ३९ जनामध्ये आइतबार साँझसम्म १९ जनाको शव फेला परेको छ ।

त्यसअघिगतअसार २४ गते रातिगएको पहिरोमा परी बाह्रबिसे नगरपालिकाको जम्बु, खागदल र भोटेकोशीगाउँपालिकाको बुल्कुटे, असार ३१गते बिहान खसेको पहिरोले भोटेकोशी गाउँपालिकाको फुल्पिङमा ठूलो मानवीय र भौतिक क्षति भएको छ ।

आजै सभामुख सापकोटाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग जोखिममा रहेका सिन्धुपाल्चोकका लिदि, नाम्फालगायतका बस्ती स्थानान्तरणको काम थाल्नेबारे छलफल गर्नुभएको छ ।प्राधिकरणका प्रमुख कार्यकारीअधिकृत ज्ञवालीले स्थलगतअध्ययनका लागि भूगर्भविद्सहितको टोली पठाई विस्थापितको पुनस्र्थापना एवं बस्ती स्थानान्तरण सम्बन्धमा प्रतिवेदन तयार गर्ने योजना बनाइ सकिएको र छिट्टै प्रभावित क्षेत्रमा पठाइने जानकारी गराउनुभएको थियो ।