धुलिखेल अस्पतालका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

14
Shares

भगवती तिमल्सिना/मोतिराम तिमल्सिना,काभ्रे ।

धुलिखेल अस्पतालका ४ जना स्वास्थ्यकर्मीमा पोजेटिभ देखिएको छ । धुलिखेल अस्पताल नेपाल सरकारबाट पूर्वी भेगका लागि लेभल ३ मा कोभिड अस्पतालको मान्यता प्राप्त अस्पताल हो । यही श्रावण २९ गते एक समाजसेवी बृद्धका साथ थप ३ जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएसँगै धुलिखेल अस्पताल सिल गरि समाजसेवी बृद्धका साथ अन्य बिरामीको सम्पर्कमा पुगेका १ सय २० जना चिकित्सक तथा स्वास्थ्यकर्मी क्वारेन्टीनमा बसेका थिए ।

आज सम्म ५ जना स्वास्थ्यकर्मीका साथ बिरामीका आफन्त १ जनामा पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।
पोजेटिभ देखिएकाहरु मध्ये ४ जना बिरामी र ५ जना स्वास्थ्यकर्मीहरुलाई उपचारका लागि धुलिखेल अस्पतालकै आईसोलेसनमा राखिएको र एकजना बिरामीका आफन्त भने हिजै घरकै आईसोलेसनमा बस्ने भनी घर फर्किनुभएको अस्पताल स्रोतले जनाएको छ ।

आज पोजेटिभ देखिएका स्वास्थ्यकर्मीहरुको कनट्रयाक ट्रेसिङ शुरु भएको अस्पतालले जनाएको छ । अस्पतालले नमूना संकलन गरि परिक्षण कार्यलाई निरन्तरता दिँदै संक्रमित उपचारका मापदण्डको पालना गर्दै संक्रमितका लागि छुट्टै भवनमा सुरक्षा सहित अन्य आवश्यक प्रवन्ध मिलाई सेवा दिईरहेको र अति आवश्यक सबै सेवा संचालनमा राखेको जनाउँदै भाद्र ३ गते अर्को सुचना नआएसम्मका लागि ओपिडि सेवा भने सुचारु नगर्ने जनाएको छ ।

स्थानिय समाजसेवीको परिवारका सदस्य मध्ये एकजनामा कोरोना संक्रमण पुष्टि भएको र थप १० जनाको नमूना संकलन गरिसकेको पारिवारिक स्रोतले जनाएको छ । समाजेवी ९८ बर्षका बृद्धलाई स्याहार सुसारमा जुटदै आएकी एक महिला सदस्यमा कोरोना संक्रमण पुष्टि भएसँगै उनको श्रीमानलाई पनि संक्रमण भैसकेको हुनसक्ने अनुमान गरिएको छ ।

समाजसेवी बृद्धलाई ज्वरो आउनु पहिला परिवारका अन्य सदस्यलाई ज्वरो आएको र उनीहरुले औषधि खाईरहेकै अवस्थामा केही दिनपछि बृद्धलाई पनि ज्वरो आई पिसाब बन्द भएकाले धुलिखेल अस्पताल ल्याएको पारिवारीक टे«ेसिङबाट बुझिएको अस्पताल स्रोतले जनाएको छ ।

अस्पताल स्रोतका अनुसार समाजसेवी बृद्ध बानेश्वरमा बस्दै आउँनुभएकाले उहाँको बसाई भएको परिवारका सदस्यहरुको कन्ट्रयाक ट्रेसिङको दायरा बढाउनुपर्ने देखिन्छ । जेष्ठ नागरिक बृद्धलाई काठमाडौकै परिवारबाट कोरोना संक्रमण फैलिएको हुनसक्ने भएकाले कन्ट्रयाक ट्रेसिङ उतै बढाउनुपर्ने अस्पतालले अनुमान गरेको छ ।

अस्पताल स्रोतका अनुसार पछिल्लो समय कोरोना संक्रमण भएका व्यक्तिले आफ्नो समस्या लुकाएर परिवार र समुदायलाई समेत संक्रमित हुन बाध्य पारेकाले पिसिआर परिक्षण समुदाय स्तरमै गर्नुपर्ने देखिन्छ । जतिसक्दो चाडो पिसिआर परिक्षणलाई समुदायमै केन्द्रित नगर्ने हो भने संक्रमितको संख्या ह्वातै बढ्ने र संक्रमितका साथै मृतकको संख्या उच्च हुने देखिन्छ ।