त्रिविको सबै सेवा १५ दिनसम्म बन्द

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

त्रिभुवन विश्व विश्वविद्यालयले आज सोमबारबाट लागु हुनेगरी सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । त्रिवि कार्यकारीको हिजो आइतबार बसेको बैठकले कोरोना संक्रमणको कारण किर्तिपुरका अधिकांस वडा सिल भएको र केहीक्षेत्र लक डाउन भएकोले हाललाई सबै सेवा १५ गतेसम्मको लागि बन्द भएको जनाएको छ ।

त्रिविका रजिष्ट्रार प्राडा पेशल दाहालले अनलाईन कक्षा र घरबाट मिल्ने विद्युतीय सेवा बाहेक सबै काम बन्द गरीएको जानकारी गराउनुभयो । उहाँका अनुसार त्रिवि अन्तर्गत सबै डीनको कार्यालय, संस्थान, विभाग, निर्देशनालय क्याम्पस लगायत सबै निकायको काम बन्द गरेको जानकारी दिनुभयो ।

भन्नुभयो–अत्यावश्यक बाहेक सबै काम बन्द गरेका छौ । उहाका अनुसार कोभिड संक्रमण बढ्दै गएकोले तत्कालका लागि सबै काम बन्द गरिएको हो । त्रिविले हिजो आइतबारसम्म सबै कार्यालय खुला गरी महत्वपुर्ण काम गरीरहेको थियो ।