डा. गोविन्द केसीको सत्याग्रह फेरि १० दिन स्थगित

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

डा गोविन्द केसीले आइतबारदेखि गरेको सत्याग्रहको घोषणा १० दिनको लागि स्थगित गरेका छन् । उनले चिकित्सा शिक्षा सुधारको माग राख्दै आइतबारदेखि सत्याग्रहको घोषणा गरेका थिए ।

केसीले आज एक विज्ञप्तिमार्फत् हालको संवेदनशील परिस्थितीका कारण सत्याग्रहको कार्यक्रम १० दिनका लागि स्थगन गरिएको जानकारी गराएका हुन् ।डा केसीले आफूले दिएको ३ हप्ताको अल्टिमेटममा सरकारले माग पूरा नगरेको भन्दै अब १० दिन समय दिने र पूरा नभए सत्याग्रह सुरु गर्ने बताएका छन् ।

‘‍‘हाल सबै नागरिकहरुले भोग्नु परिरहेको चौतर्फी विपत्तिप्रति संवेदनशील हुँदै हामीले आजदेखि घोषणा गरेको सत्याग्रहको कार्यक्रम १० दिनका लागि स्थगन गरेका छौं । सरकारले माग पूरा नगरेको खण्डमा यही भाद्र ११ गतेदेखि सत्याग्रह शुरु गर्ने जानकारी पनि दिन चाहन्छौं,’ हाल जुम्लामा रहेका डा। केसीले भनेका छन् ।