खोलाले बगाउँदा एकै परिवारका ४ जनाको मृत्यु

0
Shares

धर्मेन्द्र बिसी,अछाम

अछाममा खोलाले बगाउदा चारजनाको मृत्यु भएको छ । अछाम र कालीकोटको सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा एकै घरका चार जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा पन्चदेवल विनायक नगरपालिका ९ तानकोटका ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४ वर्षीया बिपना बोहरा, एक वर्षीया आकृति बोहरा र छोरा ७ वर्षीय हेमन्त बोहरा रहेका छन् ।  उनीहरुको खोला तर्ने क्रममा शनिबार साँझ बगेर  मृत्यु भएको हो ।