मन्त्रिमण्डल पुनर्गठन हुुने

नेकपाले बोलायो सचिवालय बैठक


न्युज अफ नेपाल, काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले पार्टीभित्रको जारी विवाद समाधान गर्न भोली सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठकले नेकपा विवाद सुल्झ्याउन बिहीबार गठित कार्यदललाई औपचारिकता र कार्यदेश दिने भएको छ ।

कार्यदललाई पार्टी कमिटीबाट अनुमोदन गरेर वैधानिकता दिनुपर्ने भन्दै वरिष्ठ नेता खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले माग गरे बमोजिम अध्यक्षद्धय केपी ओली र प्रचण्ड बैठक बोलाउन सहमति हुनुभएको हो । ओली र प्रचण्डको सहमतिमा पार्टीभित्रको विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल बनाइएको थियो ।

त्यसैगरी पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुर्नगठनको गृहकार्य अगाडि बढाउनुभएको छ । आगामी एक साताभित्र मन्त्रीमण्डल पुर्नगठन हुने नेकपाका एक स्थायी समिति सदस्यले बताए । खासगरी दुई बर्षको अवधिमा पनि राम्रो काम गर्न नसकेका मन्त्रीहरुलाई विदाई गरेर नयाँलाई अवसर दिने ओली र प्रचण्डबीच सहमति भएको बताइएको छ ।