कोरोना भएर अस्पतालमा राखेको २६ लाख दिएपछि मात्रै सेनाले शव लैजान पायो


न्युज अफ नेपाल, काठमाडौँ ।

विश्व काेराेनाकाे महामारीले सताएरहेकाे छ, यसै क्रममा नेपाल पनि यसबाट टाढा हुन सकेन ।

नेपालमा काेराेना संक्रमणका कारण १०० भन्दा बडीले ज्यान गुमाएका छन । त्यस्तै काेराेनाबाट संक्रमित हुनेकाे संख्या २६ हजार नाघिसकेकाे छ । यसैले सबै सजक र सचेत हुन पर्ने भएकाे छ । काेराेना लागेर महंगाेमा उपचार गराउने तर पनि बिरामी बचाउन सकिएन भने कुनै अर्थ पनि भएन ।

त्यसैले काेना लागेर मृत्यु कुर्नु भन्दा काेराेना लाग्न नदिनु नै उत्तम हाे । साेही क्रममा एक उदाहरणका रूपमा काठमाडौँको एक ठुलो नीजी अस्पतालले कोरोना भएर १२ दिन अस्पताल बसेको २६ लाख लिएको खुलेको छ । सरकारी अस्पतालमा भएका भेन्टिलेटरकाे अवस्था दयनिय छन नै निजी अस्पतालमा भने चरम महगींले बिरामीले उपचार गराउन पर्ने हुन्छ ।

डा. अरुण उप्रेतीले एक महिलाको भनाइ भन्दै सामाजिक संजालमार्फत उक्त कुरा उल्लेख गर्नु भएको हो ।
उहाँले लेखेको स्टाटस जस्ताको तस्तैः

उहाँले लेखेको स्टाटस जस्ताको तस्तैः

“मलाई कोरोना को सक्रमण् भएर hospital जानु पर्‍यो भने त शायद घर मै मर्छु होला, Kathamdnu ko ek thulao अस्पातलमा मेरो एक चिनेको मानिसलाई कोरोना भएर भेन्तिलेटरमा १२ दिन राखेको , २६ लाख लियो रे। । उनको जीवन प नि रहेन्, एक रात मा २६ लाख अस्पातललाई दिएप छि मात्र लाश दिए , then सैनिकहरु आएर लगे र बिद्युत शव दाह गृहमा लगे । परिवारलाई ” खरानी” दिए। यात्राो पैसा कसरी परिवारले पायो होला ? त्यत्रो पैसा कसरी तिरेको होला ?” एक महिलाले भनेको कुरा सुनेर मलाई लाग्यो गरीब त कोरोनाle सन्क्रमित भएर उपचार गराउन स्क्ने अबस्ता छैन .
मेरो पनि कोरोना को बिमा त गरेको छ तर कोरोन भए एक लाख सम्म दिक्न्ह उपहचार को , २५ लाख कता बाट ल्याउने होला ?” एक महिलाको कुरा सुनेर मलाई पनि सोच मग्न बनएको छ । कोरोना लागे अस्पातल गएर २६ लाख कसरी तिर्ने ?